चापागाउँमा बीपी स्मृति फुटसल कप प्रतियोगिता सुरु, सिन्धुपाल्चोकका शेर्पा सम्मानित

2.4k Shares

​ललितपुर । नेपाल विद्यार्थी संघ ललितपुर क्षेत्र नं. १ चापागाउँमा प्रथम बीपी स्मृति फुटसल कप प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । 
सो प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस महामन्त्री डाक्टर सशांक कोइरालाले गरेका थिए । सो उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस तरुण बिभाग केन्द्रिय सदस्य युवा नेता पुर्ब अन्तर्राष्ट्रिय खेलाडी  पासाङ नुर्बु लामालाई सम्मानित गरिएको थियो । सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका वडा नम्बर ५ मा जन्मेका शेर्पा खेलकुदलगायत समाजिक क्षेत्रमा निकै नै सक्रिय रुपमा लाग्ने गरेका कारण शेर्पालाई सम्मान गरिएको आयोजक कमिटीले जनाएको छ । शेर्पा सिन्धुपाल्चोक जिल्लामा पनि लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । शेर्पा कै लोकप्रियता कारण  उनको  गाउँपालिका भोटेकोसीमा कम्युनिस्ट र रा.प्र.पा.का नेता तथा कार्यकर्ता करिब १ हजार भन्दा बढी कांग्रेसमा प्रवेश गराइसकेका छन्  । शेर्पाले विभिन्न जिल्लामा खेलकुद र सामाजिक कार्य गर्दै आई रहेका छन् । शेर्पाले लकडाउनको समयमा पनि आफ्नो जिल्लामा मात्र नभई  अधिकांश जिल्लामा गएर दिनदुखी गरिब परिवारहरुलाई राहत बितरण गर्दै आएका थिए । सोही कारण पनि शेर्पालाई नेपाली कांग्रेस केन्द्रिय सदस्य  खेलकुद बिभाग प्रमुख पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले निकै नै रुचाउने व्यक्तिका रुपमा परिचित छन् । उक्त सम्मान कार्यक्रममा नेपाली कांग्रेस ललितपुर सभापति मदन बहादुर अमात्य, पुर्ब अर्थ राज्यमन्त्री उदय शम्सेर राणा, खेलकुद बिभाग सचिब तथा युवा नेता मीन कृष्ण महर्जन, गोदावारी नगरपालिका मेयर गेजेन्द्र महर्जन, उप मेयर मुना अधिकारीलगायतका नेता तथा कार्यकर्ता र खेलाडीहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

सम्बन्धित समाचार