बाख्राले बाली खाएको निहुँमा वृद्धाको हत्या

3k Shares

काठमाडौं । धादिङमा वृद्धाको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रावती गाउँपालिका–४, हल्दारेका ३६ वर्षीय मंगल गुरुङ छन् ।

खुर्पा प्रहार गरी स्थानीय ७२ वर्षीया सुकमाया गुरुङको हत्या गरेको आरोपमा शुक्रबार साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो 

सुकमाया आफ्नै घरनजिक सडकमा मृतावस्थामा फेला परेकी थिइन् । घटना अनुसन्धानका क्रममा मंगलको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थप सोधपुछका क्रममा पुरानो रिसइबी र बाख्राले बाली खाएको विषयलाई लिएर खुर्पा प्रहार गरी हत्या गरेको खुलेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सम्बन्धित समाचार