किसान साहले फलाए विभिन्न रंग र फरक स्वादका काउली

2.3k Shares

सिरहा– सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रंग र फरक स्वादका काउली फलाउन सफल भएका छन्। उनले उत्पादन गरेको गुलाबी र पहेँलो रंगका आकर्षक काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ। 

उनले भने, ‘७ वर्ष पहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेको थिएँ। स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाए। परीक्षणका लागि ५ धुर जग्गामा लगाए। राम्रो उत्पादन भयो। बजार राम्रो पाएकाले आगामी दिनमा ५ कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु।’ 

उनले एउटै काउली १ किलोसम्मको फलाएका थिए। ‘यसको रंग र स्वाद फरक भएकाले बजारमा पुर्‍याउनसाथ बिक्री हुन्छ। यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब ५ गुणा बढी पर्दछ,’ किसान साहले भने, ‘आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु।’ उनले सोमबार मात्र १६ किलो उक्त काउली प्रतिकिलो २०० रुपैयाँका दरले बिक्री गरेका थिए। खेतमा रंगीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उनले जानकारी दिए।

सम्बन्धित समाचार