निजामती कर्मचारीको अवकास उमेर ६० वर्ष प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता हुँदै

2.1k Shares

काठमाडौँ ।  निजामती विधेयक प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट टुंगो लागेको छ । विधेयक आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्राप्त गरेको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराइले रातोपाटीलाई जानकारी दिए । विधेयक आजै संसद सचिवालयमा दर्ता हुने सम्भावना छ । ‘प्रक्रिया चलिरहेको छ’ भट्टराइले भने ।

विधेयक २०७५ साल माघमा पहिलो पटक संसद्‍मा दर्ता भएको भएको थियो । २०७७ असारमा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको थियो । तर, सो विधेयक प्रतिनिधि सभामा पेस भएपनि छलफल मै नआई निष्क्रिय भएको थियो । विधेयकले कर्मचारी समायोजनमा सहजता थप्ने विश्वास गरिएको छ । विधेयकमा निजामती सेवाको अवकास उमेर ५८ वर्षबाट ६० प्रस्ताव गरिएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक अहिलेसम्म संसद सचिवालयमा दर्ता नभएको जानकारी दिए ।

 

सम्बन्धित समाचार