उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

1.1k Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्  बैठकको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्रीको सोही निर्णयको पत्रका आधारमा सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 वैशाख १५ मा इलामा २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

सम्बन्धित समाचार