कुशल भुर्तेलले पेभेलियन फर्काए वेस्ट इन्डिजका कप्तानलाई

1.8k Shares

काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो तेस्रो विकेट गुमाएको छ । वेस्ट इन्डिजको तेस्रो विकेट कुशल भुर्तेलले लिएका हुन् । कुशल भुर्तेलले क्यारेबियन टोलीका कप्तान रोस्टन चेजलाई बोल्ड गरे ।

चौथो नम्बरमा क्रिज समाल्न आएका रोस्टनले पेभेलियन फर्किनुअघि २२ बलमा एक छक्का र दुई चौकाको मद्दतले २३ रन बनाएका थिए । १० औँ ओभरमा अन्तिम बलमा रोस्टन आउट हुँदा वेस्ट इन्डिजले ६४ रन बनाएको छ ।   

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो ।

सम्बन्धित समाचार