विश्वासको मत लिने कि नलिने भन्ने निर्णयको जिम्मा मुख्यमन्त्रीलाईः कांग्रेस

1.5k Shares

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले विश्वासको मत लिने कि नलिने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्री केदार कार्कीलाई नै दिएको छ ।

एमाले र माओवादीले विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले मुख्यमन्त्री कार्कीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने छ । त्यसअघि आइतबार बिहान पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले विश्वासको मत लिने कि नलिने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई नै दिएको बताए । ‘मुख्यमन्त्री ज्यूले आफूले स्वविवेकमा राजनीतिक निर्णय लिनुहुन्छ कि संवैधानिक निर्णय गर्नुहुन्छ उहाँलाई हामीले छोडेका छौं,’ प्रमुख सचेतक तामाङले भने ।

मुख्यमन्त्रीलाई स्वच्छ अधिकार भएको बताउँदै उनले भने, ‘उहाँले संवैधानिक बाटो रोज्नुहुन्छ भने पनि हामीले सपोर्ट गरेर जानुपर्छ दलको नाताले र उहाँले भोलि २५ गतेभित्र कुनै राजनीतिक बाटो अवलम्बन गर्नुहुन्छ भने पनि हामीले सपोर्ट गर्नुपर्ने हुन्छ ।’

सम्बन्धित समाचार