भाेली बागमती प्रदेशभर सार्वजनिक बिदा

1.7k Shares

हेटौँडा । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा भोलि वैशाख २४ गते सोमबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश भित्र सरकारी कामकाजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई भोलि वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए।

मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णय गरे अनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ। 

भोलि प्रदेश सरकारको स्वामित्वमा रहेका विभिन्न कार्यालय, सङ्- संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए।

सम्बन्धित समाचार