५ एआइजीको सरुवा को कहाँ

2.4k Shares

काठमाडौं, २५ असार । नेपाल प्रहरीमा ५ एआइजीको सरुवा भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीमा सहकुल थापालाई बढुवा गरेसँगै पदस्थापन गरी अन्य एआइजीको पनि सरुवा निर्णय गरेको हो ।

एआइजी सहकुल थापालाई मानवस्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । यो विभाग प्रहरीमा आकर्षक मानिन्छ ।

वरियतामा सबैभन्दा माथि रहेका एआइजी हरि पाललाई कार्य विभागमा पठाइएको छ । निरज शाही अपराध अनुसन्धान विभागमा सरुवा गरिएका छन् ।

महानगरीय प्रहरी कार्यालयमा एआइजी प्रद्युम्न कार्कीको सरुवा भएको छ । विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएका छन् ।

सम्बन्धित समाचार