ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एक जनाको मृत्यु ७ जना घाइते

3.2k Shares

ललितपुर, ८ वैशाख ।  ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । 

ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए । 

घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ ।

विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर ओेधोगिक क्षेत्रमा रहेको छ । 

विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो । 

सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ । 

सम्बन्धित समाचार