समाचार एजेन्सी आइएएनएस अब अदानी समूहको

1.4k Shares

काठमाडौँ । अर्बपति व्यापारी गौतम अदानीको अदानी समूहले समाचार एजेन्सी आइएएनएसको ५० प्रतिशतभन्दा बढी शेयर खरिद गर्ने घोषणा गरेको छ । समाचार एजेन्सी पीटीआईले अदानी इन्टरप्राइजेजलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।‘एएमजी मिडिया नेटवर्कस् लिमिटेडले आईएएनएस मिडिया प्राइभेट लिमिटेडको इक्विटी शेयरमा ५०.५० प्रतिशत सेयर अधिग्रहण गरेको छ," अदानी इन्टरप्राइजेजले भनेको छ । तर, अदानी समूहले यो सम्झौताको रकम भने सार्वजनिक गरेको छैन ।

यो समूहले गत वर्ष मार्चमा क्वीनटिलियन बिजनेस मिडिया खरिद गरेको थियो। त्यसपछि डिसेम्बरमा प्रख्यात न्यूज च्यानल एनडीटीभीको ६५ प्रतिशत सेयर किनेको थियो ।

सम्बन्धित समाचार